१८ बैशाख २०८३, शुक्रबार
Follow us :

राजु अर्यालको बिदाइ, नारायणदत्त पौडेलले सम्हाले सशस्त्र प्रहरीको नेतृत्व

कान्तिपुर प्रेस

काठमाडौं । अवकास गएका सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक(आईजीपी) राजु अर्यालको फौजी परम्पराअनुसार बिदाइ गरिएको छ ।

नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक(आईजीपी) नारायणदत्त पौडेलले शुक्रबार प्रधान कार्यालय हल्चोकमा विशेष समारोहकाबीच मायाको चिनो हस्तान्तरण गरेर अर्याललाई बिदाइ गरेका छन् ।

सो अवसरमा अर्यालले नयाँ आईजीपी पौडेललाई संगठन प्रमुखको छडी र सशस्त्र प्रहरी बल नेपालको झन्डा हस्तान्तरण गरेर नेतृत्व सुम्पिएका छन् । सोही क्रममा अर्यालले पौडेललाई संगठनको सम्पूर्ण जिम्मेवारी बरबुझारथ समेत गरेका छन् ।

बिदाइ समारोहमा अर्यालले नागरिक सुरक्षाको जिम्मेवारी बोकेको सुरक्षा संगठनको सर्वोच्च तहमा पुग्नु र सफलतापूर्वक अवकाश हुनुलाई जीवनको महत्वपूर्ण उपलब्धी तथा गौरवको विषय भएको बताए । यस्तै सशस्त्र प्रहरी संगठनलाई परिवारको रूपमा लिएर अनुशासन, त्याग, इमान्दारिता र नेतृत्वको साँचो अर्थ सिक्ने मौका मिलेको अनुभव सुनाए ।

संगठन सुधार केवल एक प्रमुखको कार्यकालमा सुरु भएर अर्को प्रमुखको कार्यकालमा सकिने विषय नभई निरन्तर चलिरहने प्रक्रिया भएको अर्यालले बताए । यस्तै आफ्नो सेवाकालको दौरानमा साथ, सहयोग र उर्जा दिने राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीलाई धन्यवादसमेत दिए ।

बिदाइ समारोहमा नयाँ आईजीपी पौडेलले राष्ट्रको सुरक्षामा समर्पित जीवन कहिल्यै अवकाश नहुने बताए । समारोहमै सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष अनिता लामिछाने अर्याललाई संघकी उपाध्यक्ष श्रीमती सावित्राकुमारी पौडेलले फुलमालासहित बिदाइ गरेकी थिइन् ।

१८ बैशाख २०८३, शुक्रबार १९:१० मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०