१९ बैशाख २०८३, शनिबार
Follow us :

२०५३ सालदेखिका विद्यार्थीले मौका परीक्षा दिन पाउने

कान्तिपुर प्रेस

काठमाण्डौ – त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले शैक्षिक पात्रो सुधार्न अनियमित रहेका परीक्षा धमाधम सञ्चालन गरिरहेको छ ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयले आउँदो साउनदेखि नियमित शैक्षिक पात्रोअनुसार परीक्षा सञ्चालन गर्न अहिले अनियमित भएका परीक्षालाई धमाधम सञ्चालन गरिरहेको कार्यालयका परीक्षा नियन्त्रक लक्ष्मण पौडेलले जानकारी दिनुभयो ।

२०५३ सालदेखिका मौका परीक्षा पनि असारसम्म सम्पन्न गर्नेगरी परीक्षा भइरहेका उहाँले बताउनुभयो । वैशाख महिना मात्रै चार किसिमका परीक्षा सञ्चालन भइरहेका छन् । स्नातक तहतर्फ बिएएलएलबीको दोस्रो वर्ष, स्नातक तह नियमित दोस्रो वर्ष, वि.टेक पहिलो र दोस्रो वर्षको परीक्षा सञ्चालन भइरहेको छ ।

परीक्षा नियन्त्रक पौडेलले असारसम्म सबै परीक्षा सम्पन्न गरेर आगामी साउनदेखि शैक्षिक पात्रोमा अनुसार २०८३ अन्तर्गतका परीक्षा सञ्चालन गर्ने बताउनुभयो ।

उहाँका अनुसार जेठ महिनामा तीन वर्षे स्नातक तहको पहिलो वर्ष र चारवर्षे स्नातक तहतर्फ पहिलो वर्ष, बिएएलएलबी तेस्रो वर्ष, विटेक तेस्रो वर्षको परीक्षाको कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

यस्तै असार महिनामा स्नातक तहको सबै सङ्कायको चौथो वर्षको नियमित परीक्षा तोकिएको छ । यसैबीच परीक्षा नियन्त्रण कार्यालयले परीक्षा सम्पन्न भएको एक सय दिनमा नै परीक्षाफल प्रकाशित गर्न थालेको परीक्षा नियन्त्रक पौडेलले जानकारी दिनुभयो ।

१९ बैशाख २०८३, शनिबार १७:१८ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०