११ असार २०८३, बिहीबार
Follow us :

रास्वपाको सचिवालय बैठक आज पार्टी कार्यालय वनस्थलीमा बस्दै

कान्तिपुर प्रेस

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आइतबार बस्ने भएको छ ।

पार्टीका प्रवक्ता मनिष झाले आइतबार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय, घण्टीघर, वनस्थलीमा बैठक बस्न लागेको बताउनुभएको हो । पार्टी सभापतिको निर्देशन अनुसार पार्टी सचिवालय बैठक बस्न लागेको उहाँको भनाइ छ ।

बैठकमा स्थानीय तह उम्मेदवार छनोट रुपरेखा– २०८३, महाधिवेशन कार्यविधि–२०८३, संसदीय दलको विधान संशोधन लगायत विषयमा बैठकमा छलफल हुने रास्वपाले जनाएको हो ।

२० बैशाख २०८३, आईतवार ०९:५३ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०