११ असार २०८३, बिहीबार
Follow us :

सीमा क्षेत्रको तस्करी नियन्त्रण आवश्यक थियो : रवि लामिछाने

कान्तिपुर प्रेस

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले सीमा क्षेत्रमा तस्करी व्यापक बनेको भन्दै त्यसलाई नियन्त्रण गर्न सरकारले कडाइ गरेको बताएका छन् ।

अहिले सीमा क्षेत्रमा तस्करी रोक्दा केही असन्तुष्टि देखिएपनि तस्करी नियन्त्रण गर्नैपर्ने अवस्थामा सरकारले कडाइ गर्नुपरेको उनको भनाइ थियो ।

आइतबार निजी क्षेत्रसँगको संवादमा उनले सीमा क्षेत्रमा बसोवास गर्ने नागरिकहरूको जीवनशैली नै वारिपारि आवतजावत गरेर सस्तो बजारबाट किनमेल गरी जीवन चलाउने रहेको भएपनि खुलमखुल्ला भइरहेको तस्करीलाई राज्यले टुलुटुलु हेरेर बस्न नसक्ने बताए ।

‘एकातिर उपभोक्तका हिसाबले बोर्डर एरिया अलिकति ध्यान दिनुपर्ने ठाउँ के छ भने, बोर्डर एरियामा मान्छेको जीवनशैलीका रूपमा हामी वारिपारि गएर आफ्नो जीवन चलाउँछौँ, तुलनात्मक रूपमा त्यो सस्तो बजार छ,’ लामिछानेले भने, ‘तर सँगसँगै वारि व्यवसायीहरू हुनुहुन्छ, उहाँहरूको व्यवसाय पनि फस्टाउन जरुरी छ, तुलनात्मक रूपमा त्यो उपभोक्ताका लागि महँगो पर्न जाने अवस्था हुन्छ । यो दुई वटै कुरालाई मध्यनजर गरेरै सरकारले नीतिहरू बनाउनुपर्ने हुन्छ ।’

यद्यपि उपभोक्ताका दृष्टिकोणबाट सीमा क्षेत्र संवेदनशील रहेकाले अहिलेको कडाइलाई पुर्नर्विचार गर्ने तयारी भइरहेको उनले बताए ।

‘जनजीवन पनि प्रभावित नहोस् र हाम्रो प्राथमिकता हाम्रा उद्यमी,व्यापारी, व्यवसायीहरूको उन्नति हो, सँगसँगै हाम्रा उपभोक्ता, आम सर्वसाधारणको जनजीवनको सहजता पनि हो । यो दुइटाको बीचमा तालमेल हुनको लागि केही समय लाग्न सक्छ, यसलाई यहाँहरूले अन्यथा रूपमा नलिनुहोला,’ उनले भने ।

२० बैशाख २०८३, आईतवार १६:२० मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०