१४ असार २०८३, आईतवार
Follow us :

हेटौँडा–काठमाण्डाै जोड्ने कान्ति लोकपथ सञ्चालनमा

कान्तिपुर प्रेस

मकवानपुर – हेटौँडा–काठमाण्डाै जोड्ने कान्ति लोकपथ सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दिउँसोदेखि दुवैतर्फको गाडी आवतजवात सञ्चालनमा आएको छ ।

गएराति भीमफेदीमा पहिरो गएपछि सडक अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले मकवानपुरको त्रिभुवन राजपथ, पूर्व–पश्चिम महेन्द्र राजमार्ग र भीमफेदी–कुलेखानी हुँदै काठमाण्डाैतर्फ जाने सडकमा गाडी सञ्चालन भइरहेको बताउनुभयो ।

यसैगरी हेटौँडाबाट वीरगञ्ज, चितवनको नारायणगढ र भीमफेदीबाट हेटौँडातर्फ पनि गाडी सञ्चालन भइरहेकाे प्रहरीले जनाएको छ ।

२० बैशाख २०८३, आईतवार १६:३९ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०