७ असार २०८३, आईतवार
Follow us :

कांग्रेस संसद् समन्वय बोर्डको बैठक बस्दै

कान्तिपुर प्रेस

काठमाडौं । नेपाली कांग्रेसले संसद् समन्वय बोर्डको बैठक बोलाएको छ । कांग्रेसले पहिलोपल्ट संसद् समन्वय बोर्डको बैठक आज (मंगलबार) का लागि बोलाएको हो ।

कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले मंगलबार दिउँसो ३ बजे बजे संसद् समन्वय बोर्डको बैठक बस्ने जानकारी दिए ।

संसदीय दलको विधान (संशोधन र परिमार्जनसहित, २०८३) को धारा २१ बमोजिम गठन भएको बोर्डको प्रथम बैठकमा उपस्थितका लागि बोर्ड सदस्यहरूलाई आग्रह गरिएको उनले बताए ।

कांग्रेस संसदीय दलको विधानमा संसदीय दल कार्यसमितिको नाम परिवर्तन गरेर संसद् समन्वय बोर्ड बनाइएको छ ।

२२ बैशाख २०८३, मंगलवार ०९:१३ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०