७ असार २०८३, आईतवार
Follow us :

वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्न सरकारको सिफारिस

कान्तिपुर प्रेस

काठमाडौं- सरकारले वैशाख २८ गते संघीय संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ ।

मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २८ गते दिउँसो २ बजे संसद अधिवेशन आह्वानका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले वैशाख २८ गते संघीय संसद्को अधिवेशन आह्वान गर्न सिफारिस गरिएको जानकारी दिए ।

२२ बैशाख २०८३, मंगलवार १६:१२ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०