११ असार २०८३, बिहीबार
Follow us :

कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक बस्दै

कान्तिपुर प्रेस

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक आज बस्दैछ ।

बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सभापति गगनकुमार थापाको उपस्थितिमा बस्नेछ ।

बैठकमा प्रतिष्ठानका पदाधिकारी एवं सदस्यहरुलाई उपस्थितिका लागि निर्देशन दिइएको कांग्रेस पार्टी कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

यसअघि प्रतिष्ठानका प्रमुख तथा पार्टी उपसभापति विश्वप्रकाश शर्माले मंगलबार ३९ जनालाई प्रतिष्ठानको सदस्यमा नियुक्त गरेका थिए ।

२३ बैशाख २०८३, बुधबार १०:५० मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०