काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नवनिर्वाचित कार्यसमितिले कार्यभार सम्हालेको छ । महासंघको वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने विधानअनुसार अञ्जन श्रेष्ठ उक्त संस्थाको नेतृत्वमा पुगेका हुन् ।
अध्यक्ष श्रेष्ठसँगै निर्वाचित पदाधिकारीले कार्यभार सम्हालेका छन् । अध्यक्ष श्रेष्ठलगायत कार्यकारिणी समितिका सदस्यलाई प्रमाणपत्र प्रदान गरिएको छ ।
निजी क्षेत्रको मनोबल बढाउने वातावरण निर्माण गर्न सरकारसँग निरन्तर संवाद र सहकार्य गर्ने पदबहालीपछि अध्यक्ष श्रेष्ठले बताए ।
अध्यक्ष श्रेष्ठलाई निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघमा आज आयोजित कार्यक्रममा पद हस्तान्तरण गरेका हुन् ।












