५ असार २०८३, शुक्रबार
Follow us :

सरकारकाे नीति तथा कार्यक्रम भाेलि प्रस्तुत हुने

कान्तिपुर प्रेस

काठमाण्डाै – सङ्घीय संसद्को बजेट अधिवेशन भोलिदेखि शुरू हुँदैछ । यस्तै भोलि नै सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने भएको छ ।

भोलि दिउँसो ४ बजे बस्ने सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नुहुने संसद् सचिवालयका प्रवक्ता एकराम गिरिले जानकारी दिनुभयो । उहाँका अनुसार राष्ट्रपतिले पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने छ ।

राष्ट्रपति पौडेलबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा दिउँसो पौने ४ बजेअघि नै उपस्थित हुन प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सदस्यलाई संसद् सचिवालयले अनुरोध गरेको छ । त्यसअघि दिउँसो २ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाका छुटाछुटै बैठक बस्नेछन् ।

संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठकमा प्रतिनिधिसभा नियमावलीको मस्यौदा पेश गर्नुका साथै सरकारबाट जारी भएका अध्यादेशहरू पेश गर्ने कार्यसूची पनि छ ।

बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले ३ वटा र पाँच जना मन्त्रीले १/१ वटा अध्यादेश पेश गर्ने कार्यसूची रहेको छ ।

२७ बैशाख २०८३, आईतवार १९:५३ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०