३१ बैशाख २०८३, बिहीबार
Follow us :

विक्रम पाण्डेलाई ४ लाख धरौटीमा छाड्न आदेश, नासु जेल चलान

कान्तिपुर प्रेस

काठमाडौँ – काठमाडौँ जिल्ला अदालतले ई–बिडिङ ह्याक प्रकरणमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता विक्रम पाण्डेलाई ४ लाख धरौटीमा छाड्न आदेश दिएको छ। अदालतले उनीसहित ११ जनालाई धरौटीमा छाड्न भनेको हो।

अदालतले प्रकाश ढुंगानासँग १० लाख, सञ्जय भट्टसँग १० लाख, जीवनकुमार दाससँग ५ लाख, अमृत बोहरासँग ४ लाख, सागर कटुवाटसँग ५ लाख, अनिल श्रेष्ठसँग ४ लाख र भाष्करराज अर्यालसँग १० लाख धरौटीमा छाड्न आदेश दिएको हो।

मुद्दा चलाइएका मध्ये सरकारी कर्मचारी नासु दिवाकर देउजालाई भने पुर्पक्षका लागि कारागार चलान गरिएको अदालतले जनाएको छ।

उनीहरूमाथि सरकारको सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को वेबसाइट नै ह्याक गरी ठेक्काको दर हेरफेर गरेको आरोपमा मुद्दा चलाइएको थियो।

३१ बैशाख २०८३, बिहीबार १९:३७ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०