१ जेष्ठ २०८३, शुक्रबार
Follow us :

विमान खरिद गर्न लिएको ऋण ५५ अर्ब पुग्यो

कान्तिपुर प्रेस

काठमाण्डाै – नेपाल वायु सेवा निगमले विमान खरिदका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग लिएको ऋणको सावाँ र ब्याज ५५ अर्ब ४ करोड ७८ लाख रुपैयाँ बराबर पुगेको छ ।

महालेखापरीक्षकको ६३औँ वार्षिक प्रतिवेदनका अनुसार निगमले ए–३२० तथा ए–३३० जहाज खरिदका लागि सरकारको जमानीमा २०७० असार ४ गते र २०७४ जेठ २८ गते कर्मचारी सञ्चय कोषबाट २२ अर्ब रुपैयाँ बराबरको ऋण लिएको थियो । यस्तै नागरिक लगानी कोषबाट १२ अर्ब रुपैयाँ बराबरको ऋण लिएको थियो ।

कुल तिर्न बाँकी सावाँ तथा ब्याज गरी कर्मचारी सञ्चय कोषलाई ३१ अर्ब ३३ करोड ९२ लाख ३१ हजार र नागरिक लगानी कोषलाई २१ अर्ब १२ करोड १७ लाख रुपैयाँ बराबर रहेको छ ।

१ जेष्ठ २०८३, शुक्रबार १९:३३ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०