११ असार २०८३, बिहीबार
Follow us :

सानेपामा कांग्रेस सांसदलाई अभिमुखीकरण

कान्तिपुर प्रेस

काठमाडौं । नेपाली कांग्रेसले आज आफ्ना सांसदहरूसँग छलफल गरिरहेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा कांग्रेस संसदीय मामिला सहजीकरण समितिले सांसदहरूसँग छलफल गरेको हो ।

पार्टी केन्द्रीय सदस्य राजेन्द्रकुमार केसीको संयोजकत्वमा रहेको सहजीकरण समितिले समसामयिक राजनीतिक घटनाक्रमसँगै संसदीय मामिलाका बारेमा सांसदहरूलाई जानकारी गराउनेछ ।

कार्यक्रममा प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्यहरू सहभागी छन् । आज नेता गोविन्द पोखरेलले सहजीकरण गरेका छन् ।

३ जेष्ठ २०८३, आईतवार १३:५६ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०