७ जेष्ठ २०८३, बिहीबार
Follow us :

तेक्वान्दो खेलाडी प्रेम लिम्बू र आयशालाई शाक्यलाई रजत

कान्तिपुर प्रेस

काठमाण्डौ – मंगोलियाको उलानबतारमा भएको प्रतियोगितामा प्रेम लिम्बू र आयशा शाक्य ४० वर्षमुनि मिक्स पुम्सेमा रजत जितेका हुन् ।

तेक्वान्दो खेलाडीद्वय प्रेम र आयशाले नवौँ एसियाली पुम्से तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक जितेका छन् । प्रतियोगितामा प्रेम र आयशाले ४० वर्षमुनि मिक्स पुम्सेमा रजत जितेका हुन् ।

अघिल्लो दिन त्यही उमेर समूहको पुरुष एकल पुम्सेमा प्रेमले कांस्य जितेका थिए । प्रेमले क्वाटर फाइनलमा कुवेतविरुद्ध वाकओभर पाएका थिए । त्यसपछि सेमिफाइनलमा दक्षिण कोरियाली खेलाडीसँग ८.९–८.६ अङ्कले पराजित भएपछि कांस्यमा सीमित भएका हुन् ।

७ जेष्ठ २०८३, बिहीबार ०९:१३ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०