५ असार २०८३, शुक्रबार
Follow us :

राष्ट्रियसभासहित १० वटा संसदीय समितिको बैठक बस्दै

कान्तिपुर प्रेस

काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित अभौतिक सांस्कृतिक (संरक्षण) विधेयक, २०८१ छलफलका लागि प्रस्ताव प्रस्तुत गर्नेछन् ।

उक्त विधेयक आजै पारित गर्न प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । बैठक दिउँसो सवा १ बजे बस्नेछ ।

यसैबीच, आज संघीय संसद्अन्तर्गतका विभिन्न १० वटा संसदीय समितिको बैठक बस्दै छ ।

प्रतिनिधिसभाको बैठक नरहेका कारण आज अधिकांश समितिका बैठक बस्ने कार्यतालिका छ ।

८ जेष्ठ २०८३, शुक्रबार ०८:०० मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०