बागमती– बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । बैठक दिउँसो १ बजे सुरु हुने प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिए ।
बैठकमा मुख्यमन्त्रीसहित प्रदेशमा प्रतिनिधित्व गर्ने सबै दलका संसदीय दलका नेताहरूले आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ ।
बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १८३ को उपदफा १ बमोजिम प्रदेशसभाको वर्षे अधिवेशन आह्वान गरेका थिए ।
वर्षे अधिवेशन आगामी आर्थिक वर्ष २०८३-८४ को नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित रहने छ ।
११ जेष्ठ २०८३, सोमबार ०९:०६ मा प्रकाशित











