काठमाडौँ । प्रधानमन्त्री बालेन शाह आइतबार प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन उपस्थित भएका छन् ।
लामो समयदेखि विपक्षी दलले प्रधानमन्त्रीले सदनमा उपस्थित भएर उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने माग उठाएपछि प्रधानमन्त्री एकाएक सदनमा उपस्थित हुँदै सबै सांसदलाई सर्प्राइज दिए ।
संसद सुरु हुनासाथ प्रधानमन्त्रीले आफ्नो आसनबाट उठेर आफूले बोल्न चाहेको भन्दै समय माग गरेका थिए । लगत्तै सभामुखले रोस्टम प्रयोग गर्न अनुमति दिएका थिए ।
एकाएक बालेनले सांसदहरूसँग प्रश्न माग गरे पनि सांसदहरू अलमलमा समेत परेका थिए । तर, पछि सबै दलको तर्फबाट प्रधानमन्त्रीलाई प्रश्न सोधिएको थियो ।










