काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।
दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची छ ।
बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
राष्ट्रियसभाको बैठक पनि आज बस्दै छ । दिउँसो सवा १ बजेका लागि बोलाइएको बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
बैठकमा अर्थमन्त्री डा. वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल सुरु गर्न प्रस्ताव प्रस्तुत गर्ने र छलफल सुरु गर्ने सम्भावित कार्यसूची छ ।
सोमाबारको बैठकका प्रधानमन्त्रीले संसद्मा नेपालले पनि भारतको सीमा मिचेको भनेर दिएको अभिव्यक्ति सच्याउनु पर्ने माग गर्दै विवक्षीले बैठक बहिष्कार गर्दै आएका छन् ।











