काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आज भारत भ्रमणमा जाने भएका छन् ।
परराष्ट्रमन्त्री खनाल दिउँसो २ः३० बजे भारत भ्रमणका लागि प्रस्थान गर्नेछन् ।
भारतका विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा उनी तीनदिने भारत भ्रमणमा जान लागेका हुन् ।
भारत भ्रमणमा रहँदा खनाल द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय बैठकमा सहभागी हुनेछन् । उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।
सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमण सम्पन्न गरेर आज स्वदेश फर्किंदै छन् ।
२२ जेष्ठ २०८३, शुक्रबार ०९:०० मा प्रकाशित











