२३ असार २०८३, मंगलवार
Follow us :

भ्रामक सामग्रीविरुद्ध महाङ्काल गाउँपालिकाका कर्मचारीको संयुक्त आपत्ति, कानुनी कारबाही प्रक्रिया अघि बढाउने

कानुनी कारबाही प्रक्रिया अघि बढाउने

कान्तिपुर प्रेस

ललितपुरको महाङ्काल गाउँपालिकाका कार्यालय प्रमुखसहित सम्पूर्ण राष्ट्रसेवक कर्मचारीले संयुक्त हस्ताक्षरसहित प्रेस विज्ञप्ति जारी गर्दै ‘genz mahakhal’ नामक फेक सामाजिक सञ्जाल आईडीबाट गाउँपालिका र कर्मचारीलाई लक्षित गरी भ्रामक, आधारहीन तथा कपोलकल्पित सामग्री फैलाइएकोप्रति गम्भीर आपत्ति जनाएका छन्।

विज्ञप्तिमा प्रकाशित सामग्रीमा कुनै सत्यता नरहेको स्पष्ट पार्दै यस्ता गतिविधिले सार्वजनिक सेवा प्रवाह, संस्थागत प्रतिष्ठा र कर्मचारीको मनोबलमा नकारात्मक असर परेको उल्लेख गरिएको छ। साथै, भ्रामक सूचना फैलाउने व्यक्ति वा समूहको पहिचान गरी कानुनी कारबाही प्रक्रिया अघि बढाइसकिएको पनि गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले सत्यतथ्य नबुझी यस्ता सामग्री शेयर, लाइक वा कमेन्ट नगर्न सबै नागरिकलाई आग्रह गर्दै आफू सुशासन, पारदर्शिता र जनउत्तरदायित्वप्रति प्रतिबद्ध रहेको दोहोर्‍याएको छ।

२३ असार २०८३, मंगलवार १०:५६ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०