३१ असार २०८३, बुधबार
Follow us :

लाइसेन्स लिन जाने सेवाग्राहीको चाप घट्यो, नियमित रूपमा वितरण हुँदै

कान्तिपुर प्रेस

छापिएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिन जाने सेवाग्राहीको चाप घटेसँगै काठमाडौं उपत्यकाका यातायात कार्यालयहरूले नियमित सेवामार्फत वितरण गरिरहेका छन्। यातायात व्यवस्था विभागका अनुसार उपत्यकामा वितरण गर्नुपर्ने करिब १४ लाख लाइसेन्समध्ये १० लाख सम्बन्धित कार्यालयमा पठाइसकिएको छ। चाबहिल, एकान्तकुना, राधे–राधे भक्तपुर र ठुलोभर्याङ कार्यालयबाट वितरण भइरहेको छ।

एकान्तकुना कार्यालयले दैनिक करिब ५ हजार लाइसेन्स वितरण गरिरहेको छ भने हालसम्म १ लाख १७ हजार वितरण भइसकेको छ। चाबहिलले ६० हजार, राधे–राधेले ९० हजार र ठुलोभर्याङले ४० हजार लाइसेन्स वितरण गरिसकेका छन्।

विभागका अनुसार सुरुमा देखिएको भीड अहिले घटेकाले सेवाग्राहीले पहिलेको तुलनामा सहज रूपमा लाइसेन्स प्राप्त गर्न सक्ने अवस्था बनेको छ।

३१ असार २०८३, बुधबार ०६:४९ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०