३१ असार २०८३, बुधबार
Follow us :

ट्रम्पको चेतावनी: ‘मैले पुग्यो नभनेसम्म इरानमाथिको आक्रमण जारी रहन्छ’

अन्तराष्ट्रिय सञ्चार माध्यम /एजेन्सी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको सैन्य आक्रमण आफूले ‘पुग्यो’ नभनेसम्म जारी रहने चेतावनी दिएका छन्। उनले विद्युत् केन्द्र, पुल तथा अन्य महत्त्वपूर्ण पूर्वाधार पनि सम्भावित निशानामा पर्न सक्ने संकेत गरेका छन्।

यसैबीच, इरानी सञ्चारमाध्यमहरूले दक्षिणी क्षेत्रका विभिन्न सहर र हर्मुज जलडमरूमध्य आसपासका टापुहरूमा लगातार विस्फोट भइरहेको बताएका छन्। आईआरजीसीले कुवेत, बहराइन र जोर्डनस्थित अमेरिकी सैन्य अखडाहरूलाई लक्षित गरी आक्रमण गरेको दाबी गरे पनि अमेरिकी पक्षले त्यसबारे तत्काल आधिकारिक प्रतिक्रिया दिएको छैन।

तनाव बढिरहँदा अमेरिकाले इरानी बन्दरगाहमाथिको नाकाबन्दी पुनः लागू गरेको छ भने हर्मुज जलडमरूमध्य हुँदै आवतजावत गर्ने जहाजमा प्रस्तावित २० प्रतिशत अतिरिक्त महसुल (ट्यारिफ) योजना फिर्ता लिएको जनाएको छ। मध्यपूर्वमा चुलिएको तनावले विश्व ऊर्जा आपूर्ति, समुद्री व्यापार र तेल बजारमा थप असर पर्ने चिन्ता बढेको छ।

३१ असार २०८३, बुधबार ०७:०० मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०