६ श्रावण २०८३, बुधबार
Follow us :

बागमती सरकारबाट एमालेका मन्त्रीहरूको सामूहिक राजीनामा

कान्तिपुर प्रेस

बागमती सरकारबाट एमालेका मन्त्रीहरूको सामूहिक राजीनामा

बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका मन्त्रीहरूले आज सामूहिक रूपमा राजीनामा दिने भएका छन्।उनीहरूले आज दिउँसो २ बजे मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई भेटेर राजीनामा पत्र बुझाउने तयारी गरेका छन्। एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्रीलाई सम्बोधन गर्दै तयार पारिएको पत्रमा आजकै मितिदेखि लागू हुने गरी सरकारमा सहभागी सबै मन्त्रीले संयुक्त रूपमा राजीनामा दिएको उल्लेख गरिएको छ।

राजीनामा पत्रमा नेपालको संविधानको धारा १६८ को उपधारा (२), एमालेको निर्णय तथा वर्तमान राजनीतिक परिस्थितिलाई आधार बनाउँदै सरकारबाट बाहिरिने निर्णय गरिएको जनाइएको छ। साथै, राजीनामा स्वीकार गरी आवश्यक संवैधानिक तथा कानुनी प्रक्रिया अगाडि बढाउन मुख्यमन्त्रीसँग आग्रह गरिएको छ।

यससँगै नेकपा एमालेले मुख्यमन्त्री बानियाँ नेतृत्वको बागमती प्रदेश सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने तयारी गरेको छ।

६ श्रावण २०८३, बुधबार ११:२४ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०