१३ श्रावण २०८३, बुधबार
Follow us :

नेपाल मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक हुँदै एमजी एचएस प्लग–इन हाइब्रिड एसयूभी

एमजी एचएस प्लग–इन हाइब्रिड एसयूभी नेपाल मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक हुने भएको छ। १२० किमि विद्युतीय रेन्ज र २९५ बीएचपी पावर यसको मुख्य विशेषता हुन्।

कान्तिपुर प्रेस

एमजी एचएस प्लग–इन हाइब्रिड एसयूभी नेपाल मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक हुने भएको छ। १२० किमि विद्युतीय रेन्ज र २९५ बीएचपी पावर यसको मुख्य विशेषता हुन्।

नेपालमा एमजीको नयाँ एमजी एचएस प्लग–इन हाइब्रिड (PHEV) एसयूभी आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा पहिलो पटक सार्वजनिक हुने भएको छ। अन्तर्राष्ट्रिय बजारमा उत्कृष्ट प्रदर्शन, लामो विद्युतीय रेन्ज र प्रतिस्पर्धी मूल्यका कारण सकारात्मक प्रतिक्रिया पाएको यो मोडलले नेपाली अटो बजारमा पनि उल्लेखनीय स्थान बनाउन सक्ने अपेक्षा गरिएको छ।

नेपालका लागि एमजीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले यसअघि पेट्रोल इन्जिनयुक्त एमजी एचएस बिक्री गर्दै आएको थियो। पछिल्लो समय विद्युतीय सवारीसाधनप्रति उपभोक्ताको आकर्षण बढेसँगै कम्पनीले प्लग–इन हाइब्रिड प्रविधिसहितको नयाँ संस्करण नेपाली बजारमा ल्याउन लागेको हो।

एमजी एचएस प्लग–इन हाइब्रिडमा १.५ लिटर टर्बोचार्ज्ड पेट्रोल इन्जिनसँग १३५ किलोवाट क्षमताको विद्युतीय मोटर जडान गरिएको छ। कम्पनीका अनुसार दुवैको संयुक्त आउटपुट २९५ बीएचपी रहेको छ। यही पावरट्रेनका कारण एसयूभीले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति केवल ६.१ सेकेन्डमा हासिल गर्न सक्ने दाबी गरिएको छ।

कम्पनीका अनुसार पूर्ण चार्जमा यो एसयूभीले १२० किलोमिटरको आधिकारिक प्योर इलेक्ट्रिक रेन्ज प्रदान गर्छ। विभिन्न अन्तर्राष्ट्रिय परीक्षणमा ११० किलोमिटरभन्दा बढी वास्तविक विद्युतीय रेन्ज प्राप्त भएको उल्लेख गरिएको छ। साथै, प्रति किलोमिटर केवल १२ ग्राम कार्बन उत्सर्जन हुने दाबी गरिएको यो मोडलले कम उत्सर्जन र उच्च इन्धन दक्षता खोज्ने ग्राहकलाई लक्षित गरेको छ।

फिचरका हिसाबले एमजी एचएस प्लग–इन हाइब्रिड प्रिमियम श्रेणीमा पर्छ। यसमा ५०७ लिटर बुट स्पेस, दुईवटा १२.३ इन्चका डिजिटल स्क्रिन, १९ इन्च एलोय ह्विल, हिटेड लेदरेट सिट, ३६० डिग्री क्यामेरा, किलेस इन्ट्री, भेन्टिलेटेड फ्रन्ट सिट, हेड–अप डिस्प्ले तथा वायरलेस स्मार्टफोन चार्जिङलगायत सुविधा समावेश गरिएको छ।

कम्पनीले नेपाल मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक गरेपछि एमजी एचएस प्लग–इन हाइब्रिडको मूल्य तथा नेपाली बजारका लागि उपलब्धता सम्बन्धी विस्तृत विवरण सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

१३ श्रावण २०८३, बुधबार १२:०९ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०