१३ श्रावण २०८३, बुधबार
Follow us :

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको चिकित्सकको निगरानीमा उपचार जारी

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ। चक्कर र वान्तापछि ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ।

कान्तिपुर प्रेस

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ। चक्कर र वान्तापछि ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ।पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ। मंगलबार साँझ अचानक तीव्र चक्कर लाग्नुका साथै वान्ता भएपछि उहाँलाई उपचारका लागि काठमाडौंको टोखास्थित ग्रान्डी अस्पतालमा भर्ना गरिएको थियो।

डा. भट्टराईको उपचार चिकित्सकको निगरानीमा भइरहेको उहाँका स्वकीय सचिव रेखी गुरुङले जानकारी दिनुभएको छ। उहाँका अनुसार हाल स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ।

उपचारमा संलग्न चिकित्सकका अनुसार डा. भट्टराईको भित्री कानमा समस्या देखिएको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार आवश्यक स्वास्थ्य परीक्षणका अन्य सबै रिपोर्ट सामान्य रहेका छन्। डा. भट्टराईको स्वास्थ्य अवस्थाबारे चिकित्सकहरूले निरन्तर निगरानी गरिरहेको र थप उपचार प्रक्रिया आवश्यकताअनुसार अघि बढाइने जनाइएको छ।

 

१३ श्रावण २०८३, बुधबार १२:५० मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०