२७ श्रावण २०८३, बुधबार
Follow us :

नाइमा अटो एक्स्पोमा ग्लोबल आइएमईको अफर, ५.२५ प्रतिशत ब्याजमै गाडी कर्जा

ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्स्पो २०२६ लाई लक्षित गर्दै व्यक्तिगत गाडी कर्जामा विशेष योजना सार्वजनिक गरेको छ। बैंकका अनुसार एक्स्पोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकको आधारदरमा न्यूनतम ०.५ प्रतिशत प्रिमियम थप गरी गाडी कर्जा लिन सक्नेछन्। हालको आधारदरअनुसार यस्तो कर्जाको न्यूनतम ब्याजदर ५.२५ प्रतिशत कायम हुने बैंकले जनाएको छ।

कान्तिपुर प्रेस

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्स्पो २०२६ लाई लक्षित गर्दै व्यक्तिगत गाडी कर्जामा विशेष योजना सार्वजनिक गरेको छ। बैंकका अनुसार एक्स्पोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकको आधारदरमा न्यूनतम ०.५ प्रतिशत प्रिमियम थप गरी गाडी कर्जा लिन सक्नेछन्। हालको आधारदरअनुसार यस्तो कर्जाको न्यूनतम ब्याजदर ५.२५ प्रतिशत कायम हुने बैंकले जनाएको छ।बैंकको आधारदर घटबढ भएअनुसार कर्जाको ब्याजदर पनि स्वतः समायोजन हुने व्यवस्था गरिएको छ।

ईभी खरिदमा ५.९९ प्रतिशत स्थिर ब्याजदर

ग्लोबल आइएमई बैंकले नाइमा अटो एक्स्पोमा नयाँ विद्युतीय सवारीसाधन (ईभी) खरिद गर्ने ग्राहकका लागि थप आकर्षक योजना ल्याएको छ।

योजनाअन्तर्गत ग्राहकले तीन वर्षसम्म ५.९९ प्रतिशत स्थिर ब्याजदरमा गाडी कर्जा पाउनेछन्। तीन वर्षको अवधि पूरा भएपछि भने कर्जाको ब्याजदर बैंकको आधारदरमा अधिकतम २ प्रतिशत प्रिमियम थप गरी निर्धारण गरिनेछ।

एक्स्पोमै कर्जाको आवेदन दिन सकिने

गाडी खरिद गर्न चाहने ग्राहकको सुविधाका लागि बैंकले नाइमा अटो एक्स्पोमा आफ्नै स्टलसमेत राखेको छ। उक्त स्टलबाटै ग्राहकले गाडी कर्जाका लागि आवेदन दिन सक्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ।

आवश्यक कागजात पूरा भएपछि बैंकले अधिकतम तीन दिनभित्र गाडी कर्जाको स्वीकृतिपत्र उपलब्ध गराउने जनाएको छ।

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान

आधुनिक प्रविधि तथा ग्राहक सेवाका लागि ग्लोबल आइएमई बैंकले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्दै आएको छ।

बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’को उपाधि प्राप्त गरेको जनाएको छ।

त्यस्तै, बैंकले युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, ‘बेस्ट बैंक ईएसजी नेपाल २०२४’ तथा ‘बेस्ट इम्प्लोयर’ लगायतका पुरस्कारसमेत प्राप्त गरेको छ।

७७ जिल्लामा शाखा सञ्जाल

ग्लोबल आइएमई बैंक ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक रहेको दाबी गर्छ। हाल बैंकका ३४१ शाखा कार्यालय, ३६६ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय सञ्चालनमा छन्।

यी संरचनामार्फत बैंकले एक हजारभन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।

बैंकले अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई र भारतलगायत मुलुकबाट औपचारिक माध्यममार्फत नेपालमा विप्रेषण भित्र्याउँदै आएको छ। बैंकले यसबाट राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान पुर्‍याउँदै आएको जनाएको छ।

२६ श्रावण २०८३, मंगलवार १८:०९ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०