२७ श्रावण २०८३, बुधबार
Follow us :

जेसीएलमा पुष्पसदन विजयी, क्युकेएस फुटसलमा क्वाटरफाइनल समीकरण पूरा

जुनियर क्रिकेट लिग (जेसीएल)–सिजन २ अन्तर्गत मंगलबार भएको खेलमा पुष्पसदनले नवोदित विद्या कुञ्जलाई १५ रनले पराजित गरेको छ।एन्जल्स हार्ट नेसनल स्कुलको आयोजनामा मनमैजुस्थित एन्जल्स स्पोर्ट्स कम्प्लेक्समा जारी प्रतियोगितामा पुष्पसदनले दिएको लक्ष्य पछ्याएको नवोदितले निर्धारित ओभरमा लक्ष्य पूरा गर्न सकेन।

कान्तिपुर प्रेस

काठमाडौं । जुनियर क्रिकेट लिग (जेसीएल)–सिजन २ अन्तर्गत मंगलबार भएको खेलमा पुष्पसदनले नवोदित विद्या कुञ्जलाई १५ रनले पराजित गरेको छ।एन्जल्स हार्ट नेसनल स्कुलको आयोजनामा मनमैजुस्थित एन्जल्स स्पोर्ट्स कम्प्लेक्समा जारी प्रतियोगितामा पुष्पसदनले दिएको लक्ष्य पछ्याएको नवोदितले निर्धारित ओभरमा लक्ष्य पूरा गर्न सकेन।

मंगलबारकै अन्य खेलमा आयोजक एन्जल्सले केएमसीलाई १८ रनले, त्रिलोकले क्रिएटिभलाई ७ विकेटले, डिएभी (नीलो) ले मनमैजुलाई १२२ रनले, श्री गम्भीर समुद्र सेतुले स्कोलर्स होम एकेडेमीलाई ८ विकेटले तथा क्रिएटिभले केएमसीलाई ६ विकेटले पराजित गरे।

एन्जल्स स्पोर्ट्स एकेडेमी एन्ड रिक्रिएसन सेन्टरको व्यवस्थापन तथा काठमाडौं गोर्खाजको सहयोगमा भइरहेको टी–१० इन्डोर छात्र क्रिकेटका अन्य खेलमा आरम्भ एकेडेमीले नवोदितलाई २१ रनले, द सेलिब्रेन को–एडले जेम्सलाई ६ विकेटले, केएभसीले त्रिलोकलाई १६ रनले तथा भ्याली पब्लिकले ज्ञानोदयलाई १२५ रनले हराए।

क्युकेएस फुटसलमा क्वाटरफाइनल समीकरण पूरा

दोस्रो क्युकेएस अन्तरविद्यालय फुटसल प्रतियोगितामा क्वाटरफाइनल पुग्ने टोलीको टुंगो लागेको छ। मंगलबार सिनियर ब्वाइज, सिनियर गर्ल्स र जुनियर ब्वाइज तीनै विधाका क्वाटरफाइनल समीकरण पूरा भएको हो।

सिनियर ब्वाइजतर्फ आयोजक काष्ठमण्डप विद्यालय ‘ए’, भक्तपुर निस्ट, संस्कृति, दीक्षालय, युरो स्कुल, छाउनी, बौद्ध इन्टरनेसनल स्कुल, इम्पेरियल वल्र्ड र कान्जिरोवा क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

सिनियर गर्ल्सतर्फ काष्ठमण्डप ‘ए’, त्रियोग, जोन डेवी, मेरिडियन, इम्पेरियल वल्र्ड, संस्कृति, युरो स्कुल, छाउनी र काठमाडौं प्रज्ञा कुञ्जले अन्तिम आठमा स्थान बनाएका छन्।

क्वालिटी काठमाडौं स्कुल (क्युकेएस) को वार्षिक कार्यक्रमअन्तर्गत भइरहेको प्रतियोगिताको जुनियर ब्वाइजतर्फ काष्ठमण्डप ‘ए’, संस्कृति, अक्षरा, रोजबड, काठमाडौं प्रज्ञा कुञ्ज, कान्जिरोवा, काष्ठमण्डप ‘बी’ र युरो स्कुलले क्वाटरफाइनल यात्रा तय गरेका छन्।

२६ श्रावण २०८३, मंगलवार १८:११ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०