हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थान आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर, नेपाल नजिक रहेको जल तथा मौसम विभागले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्यतया बदली रहनेछ। हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना छ। पहाडी भू–भागका धेरै स्थान र तराईका केही स्थानमा पनि मेघगर्जनसहित मध्यम वर्षा हुन सक्नेछ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोशीको तराई र मधेशका केही स्थानमा हावाहुरी चल्न सक्ने विभागले जनाएको छ।
आज राति पनि हिमाली तथा पहाडी भू–भागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ।












