४ भाद्र २०८३, बिहीबार
Follow us :

एक महिनामै सकियो ‘आशा’को छायांकन, माघ १ मा प्रदर्शन

उडान स्टुडियोको प्रस्तुति फिल्म ‘आशा’को एक महिनामा छायांकन सम्पन्न भएको छ। राजिव गुरुङको निर्देशनमा बनेको फिल्म माघ १ गते प्रदर्शन हुनेछ।

कान्तिपुर प्रेस

उडान स्टुडियोको प्रस्तुति रहेको नेपाली फिल्म ‘आशा’को छायांकन सम्पन्न भएको छ। फिल्मको छायांकन एक महिनामा पूरा भएको निर्मात्री शर्मिला थापाले जानकारी दिइन्। थापाका अनुसार फिल्मको छायांकन काठमाडौं उपत्यकासँगै नमोबुद्ध र धुलिखेल आसपासका क्षेत्रमा गरिएको हो। योजनाअनुसार छायांकन सम्पन्न भएपछि निर्माण टिम अहिले पोस्ट प्रोडक्सनको काममा जुटेको छ।

‘आशा’मा नेपालीपन बोकेको कथालाई प्राविधिक रूपमा अब्बल बनाएर दर्शकमाझ ल्याउने तयारी गरिएको निर्मात्री थापाले बताइन्। कलाकार तथा प्राविधिकको मेहनतका कारण सोचेभन्दा राम्रो काम भएको उनको भनाइ छ।

फिल्मको इन्डक्ल्याप समारोहमा निर्मात्री थापाले प्राविधिक अर्जुन घिमिरेलाई ५१ हजार रुपैयाँ सहयोग गरेकी छन्। फिल्ममा स्पोटब्वाईका रूपमा काम गरिरहेका घिमिरेकी श्रीमती ब्लड क्यान्सरबाट पीडित रहेको जानकारी पाएपछि उपचारका लागि पारिश्रमिकबाहेक उक्त सहयोग गरिएको हो।

फिल्ममा शुशांक मैनाली, महेश त्रिपाठी, अन्जना बराइली, सुशील सिटौला, आशान्त शर्मा, केनिपा सिंह, कविता रेग्मी तथा बालकलाकार चिराग श्रेष्ठ र काश्वी भण्डारीको अभिनय छ।राजिव गुरुङको कथा तथा निर्देशन रहेको फिल्म आगामी माघ १ गतेदेखि प्रदर्शनमा आउनेछ।

४ भाद्र २०८३, बिहीबार १३:२६ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०