४ भाद्र २०८३, बिहीबार
Follow us :

२ लाख घुस लिएकाे आरोपमा १ जना पक्राउ

पारिश्रमिक बढाइदिने प्रलोभनमा रकम लिएको आरोप

कान्तिपुर प्रेस

कैलाली । कैलालीमा कर्मचारीको पारिश्रमिक बढाइदिने भन्दै दुई लाख रुपैयाँ घुस लिएको आरोपमा विद्यालय व्यवस्थापन समितिका एक सदस्य पक्राउ परेका छन्।

पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–४ स्थित कालिका माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्य देवबहादुर बम रहेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले बमलाई बिहीबार घुस रकमसहित रंगेहात पक्राउ गरेको हो। उनलाई धनगढी उपमहानगरपालिका–१ स्थित एक डेरी पसलबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।

पारिश्रमिक बढाइदिने प्रलोभनमा रकम लिएको आरोप

अख्तियार कार्यालय महेन्द्रनगरका सूचना अधिकारी चेतराज भट्टका अनुसार विद्यालयमा कार्यरत कर्मचारीको पारिश्रमिक वृद्धि गरिदिने प्रलोभन देखाएर बमले दुई लाख रुपैयाँ लिएका थिए।घुस रकम लिइरहेको सूचनाका आधारमा अख्तियारको टोलीले निगरानी गरी उनलाई रकमसहित नियन्त्रणमा लिएको हो।

पक्राउ परेका बममाथि थप सोधपुछ तथा अनुसन्धान भइरहेको अख्तियारका अधिकारीले बताएका छन्।

४ भाद्र २०८३, बिहीबार १९:३७ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०