५ भाद्र २०८३, शुक्रबार
Follow us :

डीडीसीको घ्यू पहिलोपटक दुबई निर्यात, ६ सय किलो पठाइँदै

पहिलो चरणमा ६ सय किलो घ्यू जहाजमार्फत दुबई पठाउन लागिएको हो। दुबईमा घ्यू निर्यातका लागि डीडीसीले रातो र चन्द्र–सूर्य इन्टरनेसनलसँग सम्झौता गरेको छ।

कान्तिपुर प्रेस

काठमाडौँ । नेपाल सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी) ले पहिलोपटक आफ्नो उत्पादन घ्यू दुबई निर्यात गर्न थालेको छ। नेपालीलाई लक्षित गर्दै शुक्रबार पहिलो चरणमा ६ सय किलो घ्यू जहाजमार्फत दुबई पठाउन लागिएको हो। दुबईमा घ्यू निर्यातका लागि डीडीसीले रातो र चन्द्र–सूर्य इन्टरनेसनलसँग सम्झौता गरेको छ।

डीडीसीका प्रबन्ध निर्देशक प्रकाशचन्द्र घिमिरेका अनुसार सुरुवातमा दुबईका बिक्रेतामार्फत परीक्षणका रूपमा घ्यू बिक्री गरिनेछ। मागको अवस्था हेरेर आगामी दिनमा निर्यातको मात्रा बढाइनेछ।

नेपाली उत्पादनको बजार विस्तार गर्ने उद्देश्यले पहिलो खेप हवाईमार्गबाट पठाइए पनि आगामी दिनमा भारत हुँदै कन्टेनरमार्फत निर्यात गर्ने तयारी डीडीसीले गरेको छ। डीडीसीले दुबईसँगै मध्यपूर्वका अन्य मुलुकमा पनि घ्यूलगायत आफ्ना उत्पादन निर्यात तथा बिक्री विस्तार गर्ने योजना बनाएको जनाएको छ।

५ भाद्र २०८३, शुक्रबार १२:५८ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०