१२ भाद्र २०८३, शुक्रबार
Follow us :

जनैपूर्णिमामा देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा

कान्तिपुर प्रेस

काठमाडौँ । आज जनैपूर्णिमा पर्व मनाइँदै गर्दा देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिम क्षेत्रमा सरदर स्थानभन्दा केही उत्तरतर्फ तथा पूर्वी क्षेत्रमा सरदर स्थानको आसपास रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

कोशी र बागमती प्रदेशका पहाडी भू–भागका धेरै स्थान तथा गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थानमा वर्षा हुने सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

तराई क्षेत्रमा पनि वर्षाको सम्भावना रहेको छ। मधेस र कोशी प्रदेशका तराई भू–भागका धेरै स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।

कोशी, बागमती र गण्डकीका केही क्षेत्रमा भारी वर्षा

विशेषगरी आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भाग, कोशीको तराई भू–भाग तथा मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ भने पहाडी भू–भागका धेरै स्थानमा मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ।

रातिको समयमा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थान तथा मधेस र कोशी प्रदेशका तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। महाशाखाका अनुसार राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भाग तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ।

१२ भाद्र २०८३, शुक्रबार ०८:०३ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०