१४ भाद्र २०८३, आईतवार
Follow us :

बाढीले काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

कान्तिपुर प्रेस

काठमाडौं, भदौ १४ — भोटेकोशी हुँदै आएको बाढीका कारण त्रिशूली नदीमा बहाव बढेपछि काठमाडौं–मुग्लिन सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ।

धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतमका अनुसार त्रिशूली नदीमा आएको बाढीले सडकको तल्लो भाग कटान गरेपछि सडक अवरुद्ध भएको हो। कटानका कारण सडकको केही भाग भासिएको छ।

आज बिहान केही समय सडक अवरुद्ध भए पनि पछि सञ्चालनमा आएको थियो। तर, केही समयमै नदीको बहाव बढेपछि सडक पुनः पूर्णरूपमा बन्द भएको प्रशासनले जनाएको छ।

सडक अवरुद्ध भएपछि काठमाडौं तथा मुग्लिनतर्फ आवतजावत गर्ने यात्रुहरू बाटोमै अलपत्र परेका छन्। बाढीका कारण सडकको थप भागमा क्षति पुग्न सक्ने जोखिम रहेकाले यात्रुलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

भोटेकोशीको बाढीका कारण त्रिशूली नदीमा पानीको बहाव बढेसँगै आसपासका सडक तथा बस्तीमा समेत जोखिम बढेको छ। प्रशासनले अवस्थाको निगरानी गरिरहेको जनाएको छ।

१४ भाद्र २०८३, आईतवार ०९:०२ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०