१४ भाद्र २०८३, आईतवार
Follow us :

त्रिशूलीको बाढीले कृष्णभीरमा पृथ्वी राजमार्ग बगायो

कान्तिपुर प्रेस

त्रिशूली नदीमा आएको बाढीले पृथ्वी राजमार्गअन्तर्गत चितवनको कृष्णभीरमा सडक बगाएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। पृथ्वी राजमार्ग निर्माण आयोजनाका मुग्लिनस्थित इन्जिनियर धिरज ढकालका अनुसार नदीले सडकको करिब ५० मिटर भाग बगाएको छ भने केही स्थानमा पाँच मिटरसम्म सडक कटान भएको छ। नदीले तलबाट ‘फ्लो कटिङ’ गर्दा सडक बगेको हो। सडकका केही भाग चिरिएकाले थप भासिने जोखिमसमेत रहेको उहाँले बताउनुभयो।

इन्जिनियर ढकालका अनुसार तत्काल राजमार्ग सञ्चालन गर्ने अवस्था छैन। सडक खुलाउन डाइभर्सन वा बगेकै स्थानमा ‘टो वाल’ निर्माण गर्नुपर्ने भए पनि समय लाग्नेछ। कृष्णभीर क्षेत्रमा विगतमा पहिरोको समस्या रहेकाले डाइभर्सन निर्माणको सम्भावना कम रहेको जनाइएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गरी काठमाडौं जान अनुरोध गरेको छ।

१४ भाद्र २०८३, आईतवार ०९:२२ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०