ललितपुर । नेपाली कांग्रेस गोदावरी नगरपालिकाको नगर कार्यसमिति निर्विरोध निर्वाचित भएको छ।
नगर कार्यसमितिको अध्यक्षमा शेखर न्यौपाने निर्विरोध निर्वाचित भएका छन्। उनी नेपाली कांग्रेस क्षेत्र नम्बर १ का क्षेत्रीय सचिव थिए भने हाल गोदावरी नगरपालिका १० का वडा अध्यक्ष हुन् । त्यस्तै, उपाध्यक्षमा अशेष महर्जन र शान्ता मार्पा निर्वाचित भएका छन्।
समितिको सचिवमा लक्ष्मी महर्जन तथा सहसचिवमा कपिल महर्जन निर्वाचित भएका छन्। त्यस्तै, कोषाध्यक्षमा लक्ष्मण खड्का निर्वाचित भएका छन्।
नगर कार्यसमितिका पदाधिकारीहरू निर्विरोध चयन भएसँगै गोदावरीमा नेपाली कांग्रेसको नगरस्तरीय नयाँ नेतृत्व गठन भएको हो।
नवनिर्वाचित कार्यसमितिले गोदावरी नगरपालिकाभित्र पार्टीको संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउँदै आगामी दिनमा संगठन विस्तार तथा पार्टीका गतिविधिलाई अघि बढाउने अपेक्षा गरिएको छ।











