ललितपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ललितपुरको बागमती गाउँपालिकामा गाउँपालिका अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट वीरबहादुर लोप्चन सभापति पदमा सर्वसम्मत निर्वाचित भएका छन्।
लोप्चन यसअघि पनि नेपाली कांग्रेस बागमती गाउँपालिकाका सभापति थिए। उनी बागमती गाउँपालिकाका अध्यक्षसमेत हुन्।
अधिवेशनबाट उपसभापतिमा सरस्वती बिमिरे (महिला) र ओमप्रसाद तिमल्सिना निर्वाचित भएका छन्। त्यस्तै सचिवमा गोविन्द दाहाल तथा सहसचिवमा गुणराज बजगाईं निर्वाचित भएका छन्।
अधिवेशनले गाउँपालिकामा पार्टीको आगामी संगठनात्मक गतिविधि तथा नेतृत्वलाई अघि बढाउने जिम्मेवारीसहित नयाँ कार्यसमिति चयन गरेको हो।
बागमती गाउँपालिका ललितपुर जिल्लाको दक्षिणी भेगमा पर्ने स्थानीय तह हो। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत देशभरका स्थानीय तहमा अधिवेशन प्रक्रिया अघि बढिरहेको छ।
वीरबहादुर लोप्चनको पुनः सभापतिमा सर्वसम्मत चयनसँगै बागमती गाउँपालिकामा नेपाली कांग्रेसको स्थानीय नेतृत्वले निरन्तरता पाएको छ।











