ललितपुर। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ललितपुर क्षेत्र नं. ३ बाट खुला युवा तर्फको महाधिवेशन प्रतिनिधिमा २२ वर्षीय श्रीहंश महत विजयी भएका छन्।
युवा, विद्यार्थी, व्यवसायी तथा समाजसेवीका रूपमा सक्रिय महतले प्रतिस्पर्धी उम्मेदवारलाई फराकिलो मतान्तरले पछि पार्दै विजयी भएका हुन्। विद्यार्थी जीवनसँगै व्यवसाय र सामाजिक गतिविधिमा सक्रिय महतले युवामाझ आफ्नो प्रभाव बनाउन सफल भएका छन्।
विजयी भएपछि प्रतिक्रिया दिँदै महतले आफूलाई विश्वास गरेर मतदान गर्ने क्षेत्र नं. ३ का प्रतिनिधिहरूप्रति आभार व्यक्त गरे।
“तिमीहरूले एक युवा विद्यार्थी र समाजसेवीमाथि गरेको यो विश्वास मेरो लागि ठूलो जिम्मेवारी हो। यो जित मेरो एक्लोको होइन, क्षेत्र नं. ३ का सम्पूर्ण युवा, विद्यार्थी र आम नागरिकको साझा जित हो,” उनले भने।
२२ वर्षकै उमेरमा अध्ययन, व्यवसाय र सामाजिक कार्यलाई सँगसँगै अघि बढाइरहेका महतको विजयलाई कांग्रेसमा युवा पुस्ताको सहभागिताका रूपमा समेत हेरिएको छ।











