काठमाडौँ — बडादशैँ, तिहार तथा छठ पर्वको अवसर पारेर स्मार्टफोन ब्रान्ड ‘टेक्नो’ (TECNO) ले सञ्चालन गरिरहेको फेस्टिभ क्याम्पेनअन्तर्गत बर्दिबासका नवीन बस्नेत ‘चाँदीको चंगा’ जित्ने पहिलो भाग्यशाली विजेता बनेका छन्।
बर्दिबासस्थित होलसेल्स मोबाइलबाट २२ हजार रुपैयाँ मूल्यको टेक्नो स्मार्टफोन खरिद गरेका बस्नेतले अफरअन्तर्गतको क्यूआर (QR) कोड स्क्यान गरी ३० हजार रुपैयाँ मूल्य बराबरको चाँदीको चंगा जितेका हुन्। यससँगै उनी यस वर्षको फेस्टिभ अफरमा पहिलो चाँदीको चंगा हात पार्ने ग्राहक बनेका छन्।
चाडपर्वलक्षित गर्दै कम्पनीले हालै “टेक्नो स्मार्टफोन किन्दा सुनको चंगा” नामक विशेष योजना सार्वजनिक गरेको थियो। क्याम्पेन सुरु भएको केही दिनमै पहिलो ठूलो उपहार विजेता निस्किएपछि बजार तथा ग्राहकहरूमा थप उत्साह छाएको छ। नयाँ स्मार्टफोनसँगै आकर्षक चाँदीको चंगा उपहार पाउने पहिलो व्यक्ति बन्न पाउँदा बस्नेतले खुसी व्यक्त गर्दै टेक्नोको यस अफरले आफ्नो दशैँको रौनकलाई दोब्बर बनाएको प्रतिक्रिया दिएका छन्।
नोभेम्बर १५, २०२६ सम्म सञ्चालन हुने यस क्याम्पेनअन्तर्गत ग्राहकहरूले अझै धेरै आकर्षक उपहारहरू जित्न सक्नेछन्। योजना अवधिभर प्रत्येक हप्ता भाग्यशाली खरिदकर्ताहरूलाई चाँदीका चंगा तथा चाँदीका सिक्काहरू प्रदान गरिनेछ भने क्याम्पेनको अन्त्यमा हुने बम्पर लक्की ड्रमार्फत एक जना भाग्यशाली विजेताले रु. ५ लाख मूल्य बराबरको ‘सुनको चंगा’ प्राप्त गर्नेछन्।
नेपालभरका आधिकारिक विक्रेता वा अनलाइन माध्यमबाट जुनसुकै मोडेलको टेक्नो स्मार्टफोन खरिद गरेर त्यहाँ उपलब्ध विशेष क्यूआर कोडमार्फत ग्राहकहरू यस योजनामा सहभागी हुन सक्ने कम्पनीले जनाएको छ।
आधुनिक प्रविधि, उत्कृष्ट कार्यक्षमता र सुलभ मूल्यको बेजोड संयोजनका कारण नेपालमा तीव्र गतिमा लोकप्रिय बनिरहेको टेक्नोका स्मार्टफोनहरू देशभरका सम्पूर्ण आधिकारिक विक्रेता तथा अनलाइन माध्यमहरूमा सहजै उपलब्ध छन्। यो चाडपर्व आफ्नो फोन अपग्रेड गर्नुहोस् र टेक्नोसँगै सुन तथा चाँदीका चंगा जित्ने यो सुवर्ण अवसरको भरपूर लाभ लिनुहोस्!











