२२ कार्तिक २०८३, आईतवार
Follow us :

राष्ट्रिय एकताको सन्देशसहित गंगासागरमा छठ मनाउने लामिछानेको घोषणा

छठ मनाउन जनकपुरधाम जाने रवि लामिछाने

कान्तिपुर प्रेस

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने यस वर्ष छठ पर्व मनाउन जनकपुरधाम जाने भएका छन्। उनले जनकपुरधामस्थित गंगासागरमा उपस्थित भएर राष्ट्रिय एकताको सन्देशसहित छठ मनाउने बताएका हुन्।

तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै लामिछानेले यी पर्वले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र नयाँ आशा ल्याओस् भन्ने कामना गरेका छन्।

सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले तिहारलाई उज्यालो, उमङ्ग र उत्साहको पर्व तथा छठलाई आस्था, श्रद्धा र समर्पणको पर्वका रूपमा उल्लेख गरेका छन्।

यी पर्वले परिवार, समाज र समुदायबीचको प्रेम, सद्भाव, एकता र आपसी विश्वासलाई थप सुदृढ बनाउने उनको विश्वास छ।

विविधताबीचको राष्ट्रिय एकतालाई बलियो बनाउन पर्वहरूको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गर्दै लामिछानेले यस वर्षको छठ जनकपुरधामको गंगासागरमा मनाउने जानकारी दिएका हुन्। उनले सम्पूर्ण नेपालीमा तिहार, नेपाल संवत् तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्।

 

२२ कार्तिक २०८३, आईतवार १३:५९ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०