१७ बैशाख २०८३, बिहीबार
Follow us :

मेरा पिक क्षेत्रमा इन्टरनेट प्रतिस्पर्धा बढ्दा ग्राहक खुसी

कान्तिपुर प्रेस

मेरा पिक क्षेत्रमा प्रत्येक वर्ष हजारौँ आन्तरिक तथा बाह्य पर्यटकहरू यहाँ भ्रमण गर्न आउँछन्। तर, त्यहाको इन्टरनेट सेवा अत्यन्त कमजोर वा अत्यधिक महँगो भएको कारणले पर्यटकहरूलाई असुविधा हुने गरेको छ

सामान्य प्रयोगकर्ताले रु.२०० तिर्ने इन्टरनेट सेवा हो भने, त्यही सेवा एभरेष्ट लिंकको एकलौटी रूपमा व्यवसायमार्फत पर्यटकहरूले रु.२५०० सम्म तिर्नुपर्ने बाध्यता रहेको थियो । यसले नेपालको पर्यटन छविमा नकारात्मक असर पारेको र पर्यटकलाई असन्तुष्ट बनाइरहेको हुदा थप दुई नयाँ इन्टरनेट सेवा प्रदायक कम्पनीले एयर लिंक प्रा. लि. र नुम्बुर लिंक प्रा. लि. ले सेवा इन्टरनेट सुविधा पिक क्षेत्रमा विस्तार गर्न भएका छन्।

लामो समयदेखि एभरेष्ट लिंकको एकलौटी व्यवसायिक व्यवस्थाप्रति स्थानीय होटल व्यवसायी तथा ट्रेकिङ गाइड मजदुरहरू असन्तुष्ट थिए। एभरेष्ट लिंकले मनोमानी ढंगले इन्टरनेट सेवा दिंदै आएको र होटलमा आएका पाहुनाहरुलाई इन्टरनेट स्लो पार्ने वा रोक्ने गरेको एक होटल सञ्चालकले नाम नबताउने शर्तमा बताएका थिए !

दुई नयाँ कम्पनीहरूको प्रवेशसँगै उक्त क्षेत्रमा नयाँ टावर निर्माण कार्य सम्पन्न भइसकेको छ । आगामी एक साताभित्रै एयर लिंक र नुम्बुर लिंक दुबैले सेवा सञ्चालन गर्ने तयारीमा रहेको एक पर्यटन व्यवसायिकले जनकारी दिएका छन ! यी दुई कम्पनीको प्रवेशपछि मेरा पिक क्षेत्रमा इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको संख्या तीन पुगेको छ। प्रतिस्पर्धा बढेसँगै सेवाको गुणस्तरमा सुधार हुने र इन्टरनेट शुल्क पनि सहज हुने अपेक्षा गरिएको छ।
मेरा पिक क्षेत्रामा इन्टरनेट सुविधा अब प्रतिस्पर्धा बढ्दा त्यहॅंाका ग्राहक देखि पर्यटन व्यवसायहरु सम्मा खुसी देखिन्छन

१२ आश्विन २०८२, आईतवार १४:३१ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०