५ बैशाख २०८३, शनिबार
Follow us :

ललितपुरमा पेस्तोल र चार लाख ७८ हजार नगदसहित युवक पक्राउ

कान्तिपुर प्रेस

ललितपुर, कात्तिक ६ —ललितपुर प्रहरीले पेस्तोल र ठूलो परिमाणको नगदसहित एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक चक्र जोशीका अनुसार पक्राउ पर्नेमा खोटाङ साकेला गाउँपालिका–१ का २३ वर्षीय शिवकुमार बिक रहेका छन्।

प्रहरीका अनुसार उनलाई ललितपुर महानगरपालिका–२३ धापाखेलबाट मिति २०८२/०७/०६ गते राति करिब २:५० बजे पक्राउ गरिएको हो। स्थानीयवासीहरूले बिकले मादक पदार्थ सेवन गरी होहल्ला गरेको सूचना प्रहरीलाई दिएपछि खटिएको टोलीले चेकजाँच गर्ने क्रममा उनको कम्मरमा लुकाइराखेको झोलामा ५००००४९१ नम्बरको म्याग्जिनसहित गोली नभएको चाइनिज पेस्तोल १ थान, रु. ४ लाख ७८ हजार नगद (राष्ट्रिय वाणिज्य बैंकको ट्यागसहित) र आइफोन १ थान बरामद गरेको प्रहरीले जनाएको छ।

प्रहरी उपरीक्षक जोशीका अनुसार बरामद गरिएको हतियार र नगद गत भदौ २३ र २४ गतेको “जेन जेड आन्दोलन” का क्रममा लुटिएको हुन सक्ने आशंका गरिएको छ।
“निजलाई नियन्त्रणमा लिएर घटनाको स्रोत, संलग्नता र लुटपाटसँगको सम्भावित सम्बन्धबारे थप अनुसन्धान भइरहेको छ,” जोशीले बताउनुभयो।हाल आरोपीलाई जिल्ला प्रहरी परिसर ललितपुरमा राखी कानूनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

८ कार्तिक २०८२, शुक्रबार ०७:४१ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०