२६ माघ २०८२, आईतवार
Follow us :

पश्चिमी वायु र अरब सागरको न्यून चापीय प्रणालीको प्रभावले देशभर बदली

कान्तिपुर प्रेस

देशमा अहिले पश्चिमी वायुको प्रभावका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको असर देखिएको छ। उक्त प्रभावका कारण आज देशभरको मौसम बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम विश्लेषणअनुसार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका अधिकांश पहाडी भू–भागमा दिनभर साधारणतया बदली रहनेछ। बाँकी तराई भू–भागमा भने आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।

महाशाखाका अनुसार सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ।

आज राति पनि बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा साधारण बदली रहनेछ भने बाँकी तराई क्षेत्र आंशिक बदली हुने सम्भावना रहेको छ।

गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। बाँकी पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा पनि यस्तै अवस्था रहने सम्भावना रहेको छ।

मौसमविद्हरूका अनुसार, पश्चिमी वायु र अरब सागरको न्यून चापीय प्रणालीको संयुक्त प्रभावले केही दिनसम्म देशका मध्य र पश्चिमी भागमा आंशिक अस्थिरता रहन सक्ने अनुमान गरिएको छ।

११ कार्तिक २०८२, सोमबार ०६:५९ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०