२८ पुष २०८२, सोमबार
Follow us :

रेखा गुप्ता दिल्लीकी नयाँ मुख्यमन्त्री, आज रामलिला मैदानमा शपथ

कान्तिपुर प्रेस

भारतको केन्द्रीय राजधानी रहेको दिल्लीको मुख्यमन्त्री रेखा गुप्ता हुने भएकी छन्। उनको शपथ ग्रहण आज दिउँसो पौने १ बजे रामलिला मैदानमा हुनेछ।

२७ वर्षपछि सत्तामा फर्किएको भाजाले कुल ७० सिटमध्ये ४८ सिट जितेको छ। बुधबार साँझ बसेको दिल्लीको भाजपा संसदीय दलको बैठकले गुप्तालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो।

बुधबार दिउँसो बसेको भाजपाको दिल्ली विधानसभा संसदीय दलको बैठकले दलको नेता चुन्नका लागि ओमप्रकाश धनखड पर्यवेक्षक तोकेको थियो। ओमप्रकाश सहित साँझ बसेको दलको बैठकले गुप्तालाई मुख्यमन्त्री चुन्ने निर्णय गरेको हो।

मुख्यमन्त्री गुप्ता सहित प्रवेश बर्मा, शिखा राय, विजेन्द्र गुप्ता, आशिष सुद, सतिश उपाध्याय लगायत मुख्यमन्त्रीको आकांक्षी थिए। गुप्ता शालिमारबागबाट निर्वाचित भएकी थिइन्। उनी यसअघि दिल्ली नगर निगमको मेयर समेत भइसकेकी थिइन्। उनी भाजपा दिल्लीकी महासचिव र महिला मोर्चाको उपाध्यक्ष पनि हुन्।

८ फाल्गुन २०८१, बिहीबार ०१:२३ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०