८ चैत्र २०८१, शनिबार
Follow us :

स्ववियु निर्वाचनका लागि त्रिविले कार्यतालिका घोषणा, फागुन १९ देखि प्रक्रिया सुरु

कान्तिपुर प्रेस

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।त्रिवि, स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले शुक्रबार सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदानको समय तय भएको छ ।

फागुन १९ गते सङ्घ, सङ्गठन दर्ता गर्ने, फागुन २१ गते मतदाता सूची प्रकाशन गर्ने, फागुन २५ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने, २६ गते प्रत्यक्ष र समानुपातिक उम्मेदवारका लागि मनोनयन वितरण, २७ गते अन्तिम उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका सार्वजनिक भएको छ ।

फागुन २८ गते उम्मेदवारको नामावली उपर दाबी विरोध एवम् छानबिन गर्ने, फागुन २९ गते उम्मेदवारको दुवैतर्फको अन्तिम नामावली प्रकाशन गर्ने र चैत ५ गते मतदानको कार्यतालिका तय भएको छ ।

१० फाल्गुन २०८१, शनिबार ०२:३९ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०