९ चैत्र २०८१, आईतवार
Follow us :

‘होस्टेल ३’ ट्रेलर : ‘कलेज लाइफ’को कथामा टिकटकर, गायकदेखि स्टार किड्सम्म

कान्तिपुर प्रेस

फिल्म ‘होस्टेल ३’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक ट्रेलरले नयाँपुस्ताको होस्टेल र कलेज लाइफलाई चित्रण गर्छ ।

३ मिनेट रनटाइमको ट्रेलरमा कलाकारको बाक्लो उपस्थिती छ । टिकटकर पारस बम ‘कूल ब्वाय’, सिम्रन पन्त, केदार घिमिरे ‘माग्ने बुढा’का छोरा आशिष, ‘भ्वाइस अफ नेपाल’ फेम्ड गायक रिहान गिरी, पदम तामाङ, समा पराजुली, हेना नगरकोटीलाई ट्रेलरमा चित्रण गरिएको छ ।

प्रवीण खतिवडा वार्डेनको रोलमा छन् । आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँको पनि अभिनय छ । सशान कँडेल ‘सन्तोष’को अभिनय रहेको फिल्मलाई सम्मान इन्टरटेनमेन्ट र आरोन कन फिल्म प्रालिले निर्माण गरेका हुन् । ‘होस्टेल’को अघिल्लो श्रृंखलाबाट अनमोल केसी, सलोन बस्नेत, स्वस्तिमा खड्का, नाजिर हुसेन लगायत दर्जनौँ कलाकार उदाएका थिए । अब, ‘होस्टेल ३’ले पनि नयाँ कलाकारलाई स्थापित गर्ने सङ्केत गरेको छ ।

११ फाल्गुन २०८१, आईतवार ०९:४६ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०