काठमाडौं । नेपालमा माथिल्लो वायुमण्डलमा रहेको न्यूनचापीय प्रणालीको प्रभाव देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।
महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । बाँकी पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहे पनि ठूलो वर्षाको सम्भावना भने देखिएको छैन ।
बिहीबार राति पनि देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ । गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
तराईका भू–भाग, काठमाडौं उपत्यका तथा केही खोँचमा बिहानपख थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ । यसका कारण बिहानको समयमा दैनिक जनजीवन तथा सडक यातायातमा सामान्य प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
महाशाखाले आगामी दिनमा मौसममा हुने परिवर्तनबारे नियमित अद्यावधिक सूचना हेर्नसमेत आग्रह गरेको छ ।











