२५ असार २०८२, बुधबार
Follow us :

‘खुसी मुलुक’को भाष्यलाई प्रश्न गर्ने ‘भूठान’को मर्मस्पर्शी टिजर सार्वजनिक

भुटानबाट लखेटिएर विभिन्न मुलुकमा पुनर्वासमा पुगेका नेपालीभाषी भुटानीको कथा

कान्तिपुर प्रेस

हरिवंश आचार्यको शीर्ष भूमिका रहेको फिल्म ‘भूठान’को मर्मस्पर्शी टिजर सार्वजनिक भएको छ । अंग्रेजीमा ‘वर्ल्ड्स ह्याप्पिएस्ट म्यान’ राखिएको फिल्मले ‘खुसी मुलुक’ भनिने भुटानको भाष्यलाई कटाक्ष गर्छ ।

२ मिनेट रनटाइमको टिजरले कथावस्तु र चरित्र चित्रणबारे प्रकाश पार्छ । निर्देशक विनोद पौडेलले कथावाचन र चरित्र चित्रणका धेरै तहमा काम गरेका छन् । मुख्य पात्र जो देशबाट लखेटिएर तेस्रो मुलुकमा बसोबास गरिरहेको छ, ऊ एकपटक जन्मथलो पुग्न चाहन्छ ।

‘बुलुबल’बाट दर्शकको मन जितेका निर्देशक पौडेलले यस फिल्ममार्फत भुटानबाट लखेटिएर विभिन्न मुलुकमा पुनर्वासमा पुगेका नेपालीभाषी भुटानीको कथा पेश गर्छ । अभिनेता दयाहाङ राई अमेरिकी वायुसेनाको भूमिकामा छन् । हलिउड अभिनेता ब्रुस डर्नको संक्षिप्त झलक पनि छ ।

११ फाल्गुन २०८१, आईतवार ०९:४९ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०