२२ मंसिर २०८२, आईतवार
Follow us :

त्रिभुवन आर्मी क्लब केपी ओली कपको सेमिफाइनलमा प्रवेश

कान्तिपुर प्रेस

त्रिभुवन आर्मी क्लबले केपी ओली कप च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा आर्मीले विभागीय टोली नेपाल पुलिस क्लबलाई २–० ले पराजित गरेको हो।

नवयुग श्रेष्ठले खेलको १९औँ मिनेटमा पहिलो गोल गर्दै आर्मीलाई अग्रता दिलाए भने दिनेश हेन्जनले ८२औँ मिनेटमा दोस्रो गोल गर्दै जित सुनिश्चित गरे। अब आर्मीले सेमिफाइनलमा सङ्कटा र नेपाल एपिएफ क्लबबीचको विजेतासँग भिडन्त गर्नेछ।

सोमबारकै अर्को खेलमा आयोजक केपी ओली एफसी र एनआरटी क्लब प्रतिस्पर्धा गर्दैछन्।

फागुन १९ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १११ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछ। सर्वोत्कृष्ट खेलाडीलाई एक लाख रुपैयाँ र विधागत विजेतालाई जनही ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

१२ फाल्गुन २०८१, सोमबार ११:१८ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०