१० चैत्र २०८१, सोमबार
Follow us :

अन्तर्राष्ट्रिय सहयोगमा अनिश्चितता, नेपाललाई आर्थिक जोखिम बढ्दै -पूर्व अर्थमन्त्री पाण्डे

कान्तिपुर प्रेस

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालमा अन्तर्राष्ट्रिय दातृनिकायहरुको सहयोग रोकिने जोखिम बढेको बताउनुभएको छ ।

पाण्डेले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कतिपय निर्णयहरुको कारण अमेरिकाबाट प्राप्त हुने सहयोग मात्रै नभई अन्यमित्र राष्ट्रबाट प्राप्त हुने अनुदानहरु समेत कटौतिको जोखिम बढेको बताउनुभयो ।

नेकपा एमाले नवलपुर प्रचार विभागले सोमबार गरेको भेटघाट कार्यक्रममा बोल्दै पाण्डेले ट्रम्पको निर्णयले युएसएआईडी र एमसिसी परियोजनामा प्रत्यक्ष असर परेको उल्लेख गर्नुभयो ।

“युएसएआईडीको सहयोगमा भईरहेका कामहरु रोकिने मात्रै होइन, एमसिसीको दायित्व नेपालले बहन गर्नुपर्ने अन्यौलता समेत सृजना भएको छ । पाण्डेले भनन्नुभयो, “यदी एमसिसी पनि रोकियो भने ठेक्का त भईसक्यो, कि त हामीले ठेक्का अनुसारको भुक्तानी दिएर काम सम्पन्न गर्नु पर्यो १ कि त ठेक्का रद्द गर्दा क्षतिपुर्ति बेहर्नुपर्ने हुन्छ ।”

ट्रम्प प्रशासनको निर्णयहरुको कारण युरोपियन युनियनका राष्ट्रहरुमा पनि अन्यौलता पैदा भएको भन्दै उहाँले राष्ट्रिय सुरक्षा, रोजगारी सृजना लगायतमा युरोपियन राष्ट्रहरु केन्द्रीत बन्दा नेपाललाई ति राष्ट्रहरुले गर्ने सहयोग पनि कटौती हुनसक्ने जोखिम रहेको बताउनुभयो ।

अन्तराष्ट्रिय सहयोग बिना नै हामीले सबै काम गर्न सक्छौं भन्ने स्थितिमा नेपाल नरहेको उहाँको भनाइ थियो । राजश्व संकलन गत आर्थिक वर्षभन्दा पनि कम हुने स्थिति अहिले रहेको भन्दै अन्तराष्ट्रिय सहयोग रोकिने, राजश्व संकलनमा कमि आउने अवस्थामा पुँजीगत खर्च गत आर्थिक वर्षभन्दा न्यून हुने प्रक्षेपण पाण्डेले गर्नुभयो ।

उहाँले भाषणमा भन्ने र कागजमा लेख्ने गरेर समाजवाद प्राप्त हुन नसक्ने भन्दै उत्पादन र आर्थिक गतिविधिको माध्यमबाट मात्रै समाजवादको लक्ष्य प्राप्त हुने बताउनुभयो । अहिले विश्वव्यापी रुपमा देखिएको व्यपारयुद्ध फरक तरिकाले अगाडी बढिरहेको भन्दै उहाँले समयानुसार नेपाललाई आर्थिक रुपमा सवल बनाउन तर्फ केन्द्रित बन्नुपर्ने बताउनुभयो ।

१२ फाल्गुन २०८१, सोमबार ११:२८ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०