३१ जेष्ठ २०८२, शुक्रबार
Follow us :

डिजेलको खपत घट्दा १० अर्ब रुपैयाँको आयात घट्यो

कान्तिपुर प्रेस

पेट्रोल र ग्यासको खपत बढे पनि डिजेलको खपत घटेको छ। नेपाल आयल निगमका अनुसार डिजेलको खपतमा ६६.९ प्रतिशतले कमी आएको छ।

चालु आर्थिक वर्ष २०८१/८२ को माघ १५ सम्म पेट्रोल ९.४९ प्रतिशतले र खाना पकाउने एलपी ग्यास खपत छ प्रतिशतले बढेको निगमको तथ्याङ्कले देखाएको छ। माघ १५ सम्म छ लाख ९३ हजार ४६२ किलोलिटर डिजेल आयात भएको छ।

गोरखापत्र दैनिकमा समाचार छ, यो अवधिसम्म १५ लाख १६ हजार ९६७ किलोलिटर कुल पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, ग्यास, हवाई इन्धन मटितेल) आयात भएकोमा झण्डै आधा हिस्सा डिजेलको रहेको छ।

निगमका अनुसार पेट्रोलियम पदार्थको कुल कारोबारमध्ये सबैभन्दा धेरै ५० प्रतिशत कारोबार डिजेलको हुने गरेको छ। २४ प्रतिशत पेट्रोल, १९ प्रतिशत ग्यास, छ प्रतिशत हवाई इन्धन र एक प्रतिशत मटितेलको कारोबार हुन्छ।

निगमका अनुसार गत वर्ष मासिक एक लाख १४ हजार किलोलिटर डिजेल खपत हुने गरेकामा हाल घटेर मासिक एक लाख छ हजार ६८६ किलोलिटरमा झरेको छ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आव २०८१/८२ को सात महिनामा ६६ अर्ब ४८ करोड दुई लाख रुपैयाँ बराबरको डिजेल आयात भएको छ। गत वर्ष सो अवधिमा ७७ अर्ब ४१ करोड ९८ लाख १९ हजार रुपियाँको डिजेल आयात भएको थियो।

गत आवको तुलनामा चालु आवको सात महिनामा १० अर्ब रुपियाँको डिजेल आयात कम भएको छ। गत वर्षको तुलनामा यो वर्ष अन्तर्राष्ट्रिय बजारमा डिजेलको मूल्य घटेकाले पनि कम रकमको डिजेल आयात भएको हो। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्छ। हाल बजारमा डिजेल प्रतिलिटर १५३ रुपैयाँ छ।

१३ फाल्गुन २०८१, मंगलवार ०१:३५ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०